दफा ६८१
संयुक्त रूपमा दायित्व व्यहोर्नु पर्नेः

(१) यस परिच्छेद बमोजिम दुष्कृति मानिने काम एकभन्दा बढी व्यक्तिबाट भएकोमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजहरूलेगरेको दुष्कृतिको मात्राको अनुपातमा त्यस्तो प्रत्येक व्यक्ति व्यक्तिगत र सामूहिक रूपमा त्यस्तो कामबाट भएकोक्षति वापत जिम्मेवार हुनेछन् ।
(२) उपदफा (१) बमोजिम दुष्कृतिको मात्राको अनुपातमा अलग अलग दायित्व निर्धारण गर्न सकिएमा सोही बमोजिम र नसकिएमादुष्कृतिको लागि जिम्मेबार व्यक्ति सबैले समान रूपमा दायित्व व्यहोर्नु पर्नेछ ।